मेरो आगमनपछि गुण्डाहरु काठमाडौं छोड्न थालेका छन् : प्रहरी प्रमुख एसएसपी सिंह



काठमाडौं । काठमाडौं प्रहरी प्रमुख एसएसपी सिंहले आफ्नो आगमनपछि गुण्डाहरुले काठमाडौं छोडेको बताएका छन् ।

कुनै बेला नाम चलेका गुण्डाहरु अहिले कोही नेता बनेका छन्, कोही ठेकेदार । पद तथा व्यवसायले जो जहाँ पुगेपनि उनीहरुले आपफ्ना सहयोगी खटाएर नपत्याउँदो तरिकाले आफ्नो धन्दा चलाइरहेका हुन्छन् । तर मेरो आगमनपछि ती गुण्डाको पनि भागाभाग हुन थालेको छ, उनले भने ।

यसअघि उनले भने, ‘मैले सम्पूर्ण प्रहरी कर्मचारीलाई भनेको छु- ‘समस्या परेपछि मात्र नागरिकहरु प्रहरी कार्यालयमा धाउने गर्छन्’ । ‘त्यसैले समस्या बोकेर आउने नागरिकलाई चित्त बुझ्ने गरि न्याय दिनु ।’

प्रधानमनत्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिले काठमाडौंमा कुनै पनि बेला जुनसुकै घटना हुनसक्ने उनले बताए । सिंह भन्छन्, ‘म यसअघि पनि काठमाडौंका विभिन्न प्रहरी युनिटमा बसेर काम गरेको व्यक्ति हुँ’ । विगतको अनुभवका कारण अहिले काम गर्न सजिलो भएको छ ।’

‘राष्ट्र सेवकको कर्तव्य नै हो’ । ‘जनताको दुःखलाई सम्झेर कमाण्डमा खटिने’ । यसैको पालना अहिले गरिरहेको सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्