

काठमाडौं । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।
गोरखा प्रहरी प्रमुुख एसपी सुरेन्द्र गुरुङका अनुसार बारपाक सुलिकोट गाउँपालिका-१ बारपाकमा एक जना वृद्ध र एक बालिका र एक जना महिला सोमबार बिहान मृत भेटिएका हुन् ।
हिजो राति सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि छिमेकीहरुले घरमा हेरका थिए ।
उनीहरुको मुखमा फिँज आएको छ । अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ, एसपी गुरुङले भने, उनीहरुको अवस्था हेर्दा हत्या गरेजस्तो देखिन्न । घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय जौंबारीको टोली जाँदै छ ।
मृत्यु भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरुङ, २१ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया उषा गुरुङ छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।