दिल्लीमा डा. बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण हुँदै



नयाँदिल्ली । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको दिल्लीस्थित ‘इनस्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा आज स्वास्थ्य परीक्षण हुँदैछ ।

प्रोफेसर डा.विक्रम भाटियाले आज दिउँसो १ः३० बजे स्वास्थ्य परीक्षण गर्ने भट्टराईको सचिवालयले जनाएको छ । स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात रोगको निक्र्यौल गरी उपचार विधि टुंगो लगाइने छ ।

भट्टराई लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्