भान्जाको अपहरण गरी एक करोड फिरौती माग्ने मामा यसरी परे पक्राउ



जनकपुरमा आफ्नै ७ बर्षीया भान्जालाई अपहरण गरेको आरोपमा मामालाई पक्राउगरि सार्वजनिक गरेको छ ।

पिपरा गाँउपालिका –७ दनौली महात्तरी घर भई हाल जनकपुरधाम उपमहानगरपालीका – ७ बस्दै आएका २० वर्षीय रनमरतन भनने लश्र्मेस्वर कुमार दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आईतवार दिउसो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

धनुषाको नगईराइन नगरपालिका – ६ स्थित लग्माबाट ७ बर्षीय बालक भन्दन दासलाई शनिवार दिउसो १ बजे मोटरसाईकलमा बसाएर दासले हपहरण गरेका थिए । प्रहरीले बालकलाई शनिवार साँझ ८ बजे सरोज ठाकुरको घरबाट उद्धार गरेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

शनिवार साँझ ७ बजे बालकको आमालाई फोन गरी अपहरणकारी मामाले उनिसंग १ करोड रुपैयाँ फिरौती मागेछि प्रहरीले खोजीकार्यमा जुठेको थियो । बालक अपहरणमुक्त गरे लगत्तै मामा लाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्