
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उद्घाटन गरेको देउखुरीको सिसहनिया–महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको जिल्ला प्रहरी कार्यालय दाङले बताए ।
सुरक्षाको कारण देखाउँदै उद्घाटन कार्यक्रममा स्थानीयलाई निषेध गरिता पनि प्रधानमन्त्री ओलीले गत माघ १२ गते शिलालेख अनावरण गर्दै राप्ती पुल उद्घाटन गरेका थिए । शिलालेख तोडफोड गर्नेको पहिचान हुन नसकेको डिएसपी रिजालले बताए ।शिलालेख लेख्नेक्रममा त्रुटि भएको भन्दै तीन दिन अगाडि तोडफोड भएको बताइएको छ ।
प्रधानमन्त्रीले उद्घाटन गरेको पुलको शिलालेखमा लेख्नेक्रममा त्रुटि भएको भन्दै तीन दिन अघि नै तोडफोड भएको कुरा आएको छ, कसले तोडफोड ग¥यो भन्ने थाहा भएन,’ रिजालले भने, ‘प्रहरी २४ सै घण्टा त्यहाँ बस्ने कुरो भएन, अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।’
पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते गरेका थिए । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने सो पुल ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको छ ।





