प्रदेश १ मा आज अविश्वासको प्रस्ताव पेश हुने



विराटनगर । प्रदेश-१ को प्रदेशसभाको बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाए पनि निर्धारित समयमा बस्न सकेन ।

सभामुख प्रदीपकुमार भण्डारीले बैठकको कार्यसूची सार्वजनिक गरेका छन्, तर दिउँसो २ बजेसम्म प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रमुख सचेतकहरु रहेको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सेकेको छैन ।

आइतबारको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ । तर मुख्यमन्त्री राईले बैठक रोक्न सभामुख भण्डारीलाई आग्रह गरेका छन् ।

यसअघि माघ २४ गते बसेको बैठकमा पनि मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्ने कार्यसूची थियो ।

सत्तारुढ नेकपाको ओली समूहले नै अवरुद्ध गरेपछि सभामुख भण्डारीले दुई हप्तालाई बैठक स्थगित गरिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्