सर्वोच्चले गर्ने फैसला सरकारको पक्षमा नै हुन्छ : मन्त्री भट्ट



कैलाली । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले सर्वोच्च अदालतले गर्ने फैसला सरकारको पक्षमा हुने बताएका छन् ।

आज कैलालीमा ओली पक्षको प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

सर्वोच्चको फैसला केहि दिन भित्रै आउने बताउँदै मन्त्री भट्टले फैसला सरकारको पक्षमा नै हुने ठोकुवा गरे ।

उनले समय सिमाभित्रै निर्वाचन हुने र निर्वाचनका लागि निर्वाचन आयोग गृह कार्यमा लागि सकेको बताए ।

प्रतिक्रिया दिनुहोस्