
काठमाडौं । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन् । आज बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिएका हुन् । सभामुखले भने अस्वीकार गरेका छन् ।
उहाँले सभामुखज्यूलाई सूचना टाँसेर आजको बैठक स्थगन गर्न आग्रह गर्नुभयो, मुख्यमन्त्री निकट स्रोतले भन्यो, सभामुखले आज अविश्वास टेबल हुन्छ म रोक्न सक्दिनँ भन्नुभयो । मुख्यमन्त्री पक्षले प्रदेशसभा अवरोध गर्दै आएको छ । यसलाई विपक्षी दलहरुले सरकारको आयु लम्बयाउने प्रयास भएको बताएका छन् । ‘
आज दुई बजेका लागि प्रदेशसभाको बैठक आह्वान भएको छ । यसअघि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो । सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४ दिन संसद् स्थगन गरेका थिए । त्यसयता मुख्यमन्त्रीले अविश्वास प्रस्ताव खारेज गर्न सभामुखलाई दबाब दिनेदेखि नेकपाको प्रचण्ड–नेपाल पक्षलाई प्रस्ताव फिर्ता लिन अनुनय गरेका थिए ।





