यी युवतीले दुर्लभ हात्तीमाथि गराइन् नग्न फोटोसुट, दर्शकले गरे यतिधेरै गाली…



इण्डोनेसियाको बालीमा दुर्लभ हात्तीमाथि नग्न फोटो खिचाएकी एक रुसी इन्फ्लुएन्सर विवादमा तानिएकी छिन् । उनको फोटो हदभन्दा बढी बोल्ड छ । जसका कारण उनी विवादमा तानिएकी हुन् । रुसी टेनिस स्टार येभ्गेनी कफेल्निकोभकी २२ बर्षकी छोरी लेस्या कफेल्निकोभाले गत हप्ता नेचुरल भाइब्स क्याप्सनसहित एउटा फोटो सेयर गरेकी थिइन् । अर्को पोष्टमा उनले हात्तीमाथि नग्न पोजसहित फोटो पोष्ट गरेकी थिइन् ।

फोटोका कारण अत्यन्तै विवादित बनेपछि अहिले उनले माफी पनि मागेकी छिन् ।

धेरैले उनले सामाजिक सञ्जाल मार्फत अश्लिलता देखाएको भन्दै उनको आलोचना गरे । उनले आफूले अश्लिला फैलाउन नचाहेको स्पष्टिकरण त दिएकी थिइन् । तरपनि दर्शकले उनलाई गाली गर्न छाडेनन् । अन्त्यमा उनले माफी नै मागिन् । उनको उक्त तस्बिरले निकै नै चर्चा बटुलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्