देउवालाई पौडेलको जवाफ : लोकतन्त्रको लडाइँमा जनता र कार्यकर्ता आफैँ आउँछन, पैसाले जुलुस गर्ने होइन



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलन गर्न पैसाभन्दा पनि पार्टी निर्णय र नेतृत्व महत्वपूर्ण हुने बताएका छन् ।

केही दिनअघि सभापति शेरबहादुर देउवाले पोखरामा आयोजित कार्यक्रममा जुलुस गर्न पैसा चाहिने र कांग्रेससँग पैसा नभएको बताएका थिए ।

त्यसतर्फ लक्षित गर्दै सुनसरीमा आज पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा पौडेलले भने, पैसाले गर्ने हो र जुलुस, सभा र विरोध प्रदर्शन ? यो त त्यसै हुन्छ । पार्टीको संकल्प र निर्णयले हुन्छ, पैसाले गर्ने होइन ।

उनले पार्टी निर्णयबाट आन्दोलन गर्ने हो पनि भनेका छन् । पार्टीले आह्वान गर्ने हो । कार्यकर्ता र जनता जम्मा हुन्छन् । लोकतन्त्रको लडाइँमा जनता र कार्यकर्ता आफैँ आउँछन् । निर्णय र नेतृत्व मात्रै पार्टीले गर्ने हो ।

प्रतिक्रिया दिनुहोस्