२/४ सिटमा सिमित हुने प्रचण्डलाई मैले जुरो हालिदिएपछि अहंकारी बने : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २/४ सिटमा सिमित हुने प्रचण्डलाई आफूले सिङजुरो हालिदिएपछि अहंकारी बनेको बताएका छन् ।

बिराटनगरमा शनिबार भएको आमसभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले अब प्रचण्डको नियति असफलता बाहेक केही नहुने बताए ।

२/४ सिटमा सिमित हुने प्रचण्डलाई ल्याएर फेरि एउटा जुरो हालिदिएको थिएँ । फेरि सिङ हालिदिएको थिए, उनले भने लामा सिङ भएपछि उहाँमा अहंकार चढ्यो । उहाँले हामीलाई नै सिध्याउँछु भन्न थाल्नुभयो । अब उहाँको नियति असफलता बाहेक केही हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्