निर्मला प्रकरणका दोषीलाई छिट्टै कानूनी कठघरामा उभ्याउने छौं : गृहमन्त्री बादल



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै पक्राउ पर्ने बताएका छन् ।

नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई संलग्नलाई कारबाही गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष कार्यान्वयन गरिएको बताए । उनले अघि भने, निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जा नजिक आइसकेको छ । छिट्टै कानूनी कठघरामा उभ्याउने छौं ।

प्रतिक्रिया दिनुहोस्