
विराटनगर । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन हुनेमा प्रधानमन्त्री ढुक्क रहेको बताएका छन् । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने उनले बताए ।
सर्वोच्चले गर्ने फैसलाबारे आफू केही नबोल्ने बताएका उनले घुमाउरो भाषामा संसद पुनस्र्थापना नहुने दाबी गरे । शनिबार विराटनगरमा आयोजित आमसभामा नेम्वाङले भने, निर्वाचन हुन्छ भन्नेमा प्रधानमन्त्री ढुक्क हुनुहुन्छ ।
झण्डै दुई तिहाइ बहुमतको प्रधानमन्त्रीले काम गर्न नपाएपछि संसद भंग गरेको भन्दै उनले देशव्यापी रुपमा जनताले निर्वाचनलाई अनुमोदन गरिसकेको दाबी गरे ।





