राजसंस्था र हिन्दुराष्ट्र नेपाल पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन



काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्र नेपाल पुनस्र्थापनाको माग गर्दै आज काठमाडौंमा प्रदर्शन भएको छ ।

‘राजा आऊ देश बचाऊ’ भन्दै माइतीघरमा जनताको पार्टी नेपालको नेतृत्वमा प्रदर्शन भएको हो ।

देशलाई सङ्क्रमणकालीन अवस्थाबाट मुक्त गर्न पनि राजाको आवश्यकता देखिएको भन्दै प्रदर्शनकारीहरु नेपालको झण्डासहित प्रदर्शनमा उत्रेका थिए ।

नेपाल आफूहरुको पुर्खा राजाले आर्जेको देश भएको र अहिलेका नेताहरुले देश र जनतालाई झुक्याउने मात्रै काम गरेको भन्दै राजसंस्थाको विकल्प नभएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्