
काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले आफ्नो चरित्र हत्या गर्ने प्रयत्न भएको भन्दै आपत्ति जनाएका छन् ।
उनले फेसबुकमार्फत भनेका छन् मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ ।
केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जाँदैछन् भन्ने गलत, भ्रामक र दूराशययुक्त समाचार आएको भन्दै उनले आपत्ति जनाएका हुन् । नेकपा उपाध्यक्ष वामदेव गौतमले आफ्नो चरित्र हत्या गर्ने प्रयत्न भएको भन्दै आपत्ति जनाएका छन् ।
यस्ता भ्रामक समाचारमा विश्वास नगर्न उनले अनुरोध गरेका छन् ।
संसद विघटनपछि नेकपा दुई धारमा विभाजित भएको छ । तर उनी भने तटस्थ छन् । उनले पार्टीलाई एक बनाउने भन्दै नेकपा एकता राष्ट्रिय अभियान चलाएका छन् ।





