
काठमाडौं । विराटनगरमा नेकपा केपी अोली समूहको जनसभा सुरु भएको छ । जनसभामा सहभागी हुन विराटनगरका विभिन्न नाकाबाट जुलुसहरु सभास्थल तर्फ लागिरहेका छन् । जनसभामा सहभागीहरुले प्रधानमन्त्री केपी ओलीको समर्थनमा नारावाजी गरेका छन् ।
जुलुसमा सहभागीहरुले केपी तिमि अघि बढे, हामी तिम्रो साथमा छौं, जस्ता नारा लगाएका छन् । प्रदेश स्तरिय सभामा सहभागी हुन प्रदेश–१ का विभिन्न जिल्लाबाट समर्थकहरु विराटनगर आएका छन् । सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, पूर्व सभामुख सुवास नेम्वाङ्, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।





