
इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले आज विराटनगरमा गर्न लागेको बृहत जनप्रदर्शनका क्रममा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।
ओली पक्षको जनसभामा सहभागी हुन निस्किएको हजारैँ सहभागी जुलुसमा जिन्दावादको नारा लागेको छ भने प्रचण्ड–माधव पक्षले मुर्दावादको नारा लगाएका छन् ।
प्रचण्ड–माधव पक्षका कार्यकर्तालाई सुरक्षाकर्मीले अवरोध गरेको छ । ओली पक्षले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमको पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको जनाएको छ ।





