दाहाल-नेपाल समूह छाडेर केपी समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई



काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश-१ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् ।

प्रचण्ड-माधव समूहबाट दुवैजना केपी समूहमा फर्किएको उषाकलाले बताइन् । हो, ‘हामी फर्कियौं’, उनले भनिन्, ‘प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’

प्रतिक्रिया दिनुहोस्