नेताहरुलाई देउवाको व्यंग्य : ओलीविरुद्ध बोल्न सक्ने हुनुभएछ, प्रचण्डविरुद्ध पनि बोल्नुहोस्



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको खिलापमा कांग्रेसका नेताहरु बोल्न सक्ने भएकोमा धन्यबाद दिएका छन् ।

शुक्रबार कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिको भवन उद्घाटन गर्दै देउवाले ओलीको खिलापमा नेताहरु नडराई बोल्न सक्ने भएको र प्रचण्डको खिलापमा पनि बोल्नुपर्ने बताएका छन् ।

ओलीको खिलापमा बोल्ने डर हटिसक्यो धन्यबाद छ । ओलीको खिलापमा बोल्न सक्ने हुनुभएछ, मञ्चमा रहेका नेताहरुतर्फ हेर्दै देउवाले भने, अझै प्रचण्डको खिलापमा बोल्न नडराउनुस्र है ।

उनले अघि भने, प्रचण्डको नाम नै लिन सक्दैनन् विचराहरु ! आफूले भने कांग्रेसलाई प्रचण्ड र अ‍ोली सबैको खिलापमा बोल्न सक्ने पार्टी बनाउन चाहेको देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्