महिला अभियन्तालाई बलात्कार गर्ने धम्की दिनेलाई कारबाही गर्न माग



काठमाडौं । महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा गत माघ ३० गते काठमाडौंमा भएको महिला मार्चमा सहभागी अभियन्ता तथा स्रष्टाहरुलाई ज्यान मार्ने र बलात्कार गर्ने धम्की दिइएको घटनाप्रति बृहत नागरिक आन्दोलनले गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

आन्दोलनका अभियन्ताहरु सपना सञ्जिवनि, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा बिष्ट र अन्शु खनाललाई लक्षित गरी फेसबुक ट्वीटरलगायत विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलात्कार गर्नेजस्ता धम्की दिइएको भन्दै बृहत नागरिक आन्दोलनले उक्त कार्यको भत्र्सना गरेको हो ।

बृहत नागरिक आनेलनको तर्फबाट बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो अपराधमा संलग्नहरुबारे गम्भीरतापूर्वक छानबिन गर्न र दोषीविरुद्ध तुरुन्त कार्वाही अघि बढाउन ध्यानाकर्षणसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्