विप्लव समूहका दुई नेता पक्राउ



बुटवल । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुईजना नेताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नेताद्धय भेषराज भुसाल र देवबहादुर केसी छन् । विप्लव समूहसहितका चार दलीय रणनैतिक संयुक्त मोर्चाले बिहीबार बुटवलमा गरेको सभामा सहभागी भएका नेता भुसाल र केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

भुसाल र केसी पक्राउको चार दलीय मोर्चाले विरोध गर्दै अविलम्ब रिहा गर्न माग गरेको छ । मोर्चाका नेताहर रामसिंह श्रीस र ऋषिराम कट्टेलको संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेताहरुको रिहाइमा पहल गरिदिन मानवअधिकारवादी संघसंस्था, सञ्चार जगत र नागरिक समाजसँग अपील गरेका छन ।

प्रतिक्रिया दिनुहोस्