श्रीमानलाई लाइभ मिटिङ चलिरहेको बेला श्रीमतीले किस गर्न खोजेपछि…



कोरोना महामारीका कारण लामो समयसम्म पुरा विश्व नै लकडाउन भयो । लकडाउन कारण मानिसहरु घरबाट बाहिर निस्कन नपाउने भएपछि अनलाइनका माध्यमबाट आफ्नो काममा आबद्ध हुन थाले । अहिले ठूला व्यापारी लगायत अन्य पेशामा मानिसहरु ठूला मिटिङहरु अनलाइन मार्फत नै गर्ने गर्छन् ।

यसैबिच सामाजिक सञ्जालमा अहिले एउटा भिडियो निकै नै भाइरल भैरहेको छ । एक श्रीमान अनलाइन मार्फत आफ्नो विशेष मिटिङ गरिरहेका हुन्छन् । त्यसैबिच उनकी श्रीमती आएर उनलाई किस गर्न खोज्छिन् । श्रीमतीले किस गर्न खोजेपछि एकछिन त ती पुरुष अक्क न बक्क नै हुन्छन् ।

पछि अलि पर सरेर उनले श्रीमतीलाई आफू मिटिङमा भएको बताउँछन् । श्रीमानले मिटिङमा भएको बताएपछि श्रीमती हाँस्दै त्यहाँबाट जान्छिन् । अप्ठ्यारो मान्दै श्रीमती गएपछि श्रीमान पुनः आफ्नो मिटिङमा नै व्यस्त हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्