वर्तमान अन्यौलताबाट सर्वोच्चले निकास दिन्छ भन्ने विश्वास छ : मुख्यमन्त्री राउत



जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली जनताले आफ्नो पटक पटकको बलिदानीबाट प्राप्त गरेको उपलब्धको सर्वोच्च अदालतले रक्षा गर्ने विश्वास व्यक्त गरेका छन् ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार जनकपुरधाममा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै राउतले वर्तमान अन्यौलताबाट सर्वोच्चले निकास दिने विश्वास व्यक्त गरे । अहिले अन्यौलताको स्थिति छ । भोलि के हुन्छ हुँदैन भन्ने आँकलन भइरहेको छ । देशमा आएको उपलब्धि गुम्छ कि ? जस्ता अन्यौलता छ, मुख्यमन्त्री राउतले भने, सर्वोच्चले उपलब्धिलाई बचाउँदै अन्यौलता हटाउने विश्वस्त छु ।

लोकतन्त्र, गणतन्त्र, संघीयताका लागि बलिदानी दिने योद्धा र तीनका परिवार अहिले उपलब्धि हराउने चिन्तामा रहेको बताउँदै यो चिन्तालाई हटाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्