
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड –माधब समुहले अचानक आफ्ना केन्द्रिय सदस्यहरुलाई नागरिकतासिहत आज (शुक्रवार) दिउसो पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा उपस्थित हुन प्रचण्ड –माधव समुहले यसअघि अहिले बिहान स्थायी कमिटी बैठक राखेको छ ।
हिजो बिहिबार सांझ सबै केन्द्रिय सदस्यहरुलाई अकस्मात म्यासेज (एसएमएस) पठाई शुक्रबार १२ बजेभित्र आफ्नो सक्कल नागरिकता सहित केन्द्रिय कार्यालयमा भेला हुन निर्दैशन दिएको नेकपाले बताएको छ ।
बैठकको निर्णयपछि उनिहरु आज निर्वाचन आयोग जाने सम्भावना रहेको एक नेताले परिवर्तन खबरलाई जानकारी दिएका छन् ।





