पार्टी विवादको कारणले संसद विघटन गर्न पाइँदैन :वरिष्ठ अधिवक्ता शाक्य



संसद विघटनको मुद्धामा एमिकस क्युरीको रुपमा चयन भएका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संसदबाट अर्को प्रधानमन्त्री चयन हुने बाटो छेकेर संसद विघटन गर्न नपाइने बताएका छन् ।

बिहिबार संवैधानिक इजलासमा बहस गर्दै उनले संसदीय प्रक्रिया अवरुद्ध पारेर संसद विघटन गर्न नपाइने बताएका हुन् ।

प्रधानमन्त्रीले संसदीय प्रक्रियामा जानुपर्ने संविधानको शर्त पूरा नगरेको भन्दै शाक्यले पार्टी विवादको विषय संसदीय दलमा समाधान गर्नुपर्नेमा त्यही विषय लिएर विघटन गर्न नमिल्ने बताए । पार्टीको विवाद पार्टी संसदीय दलको विधानले समाधान गर्ने हो, त्यो विषयलाई ल्याएर विघटन गर्न पाइदैँन उनले भने ।

संविधानले कामचलाउ सरकारले मात्र संसद विघटन गर्न पाउने व्यवस्था गरेको पनि शाक्यले बताए । आफ्नै नेतृत्वमा चुनाव गर्छु भनेर विघटन गर्न पाइँदैन उनले भने ।

प्रतिक्रिया दिनुहोस्