संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहको टुँडिखेलमा मानव साङ्लो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड­–नेपाल समूहको थौंथो चरणको आन्दोलनअन्तर्गत आज टुँडिखेलमा मानव साङलो बनाएका छन् । नेकपा कार्यकर्ताले मानव साङ्लो बनाएर टुँडिखेल घेरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रचण्ड–नेपाल समूह आन्दोलनमा छ । प्रधानमन्त्रीको कदम सच्चिनुपर्ने माग राख्दै आएका उनीहरुले चौंथो चरणमा विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयको विरुद्ध प्रचण्ड नेपाल समूहले फागुन ५ गतेदेखि १५ गतेसम्म काठमाडौं लगायत मुलुकभर विरोभ प्रदशैन गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्