
काठमाडौं । विद्यार्थीलाई कोरोनाविरुद्ध खोप लगाउन सरकारले प्राथमिकतामा राख्नुपर्ने मागसहित नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
नेविसंघ महामन्त्री दीपक भट्टराईले जोखिममा रहेका विद्यार्थीलाई पनि कोरोनाविरुद्ध खोप लगाउन ढिलाइ गर्न नहुने भएकाले सरकारलाई खबरदारी गर्न प्रदर्शन गरिएको बताए ।
नेविसंघले माइतीघर मण्डलामा बिहीबार दिउँसो नाराबाजीसहित प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यार्थीहरु पनि कोरोनाविरुद्ध खोपको प्राथमिकतामा पर्नुपर्ने बताएका छन् ।





