स्याङ्जा हरिनास गाउँपालिका गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै



खगेन्द्र हमाल,

स्याङ्जा जिल्ला हरिनास गाउँपाकिका वडा न.६ गैराखोलामा खुल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। विगतको वर्ष जस्तै यस वर्ष पनि प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि स्याङ्जाको हरिनास गाउपालिका वडा नं ६ क्याक्मी गैराखोलामा साविकको वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेभएको छ। यसका साथै विविध सांस्कृतिक कार्यक्रम पनि हुने किरण मानन्धरले जानकारी दिएका छन् ।

भलिबल खेल को उदघाटन स्याङ्जा जिल्ला हरिनास गाउ पालिका उपाध्यक्ष झन माया पराजुलि बाट हुने भएको छ भने समापन वडा नं ६ का जिल्ला कै कान्छा सरकार प्रमुख तथा हरिनास गाउँपालिका अध्यक्ष खिम नरायण मानन्धर बाट हुने कुरा सल्लाहकार किरण मानन्धले बताए ।

यहि फागुन ७ गतेदेखि सुरु हुने उक्त खेल ११ गते सम्म जारी रहने छ र टिम दर्ता ६ गतेसम्म मात्र हुनेछ । प्रथम ,द्धितिय,र तृतीय हुने खेलाडी ले क्रमशः ४०ु०००,२५०००,१५००० साथमा सिल मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने जिल्ला भन्दा बाहिरबाट आउने खेलाडीको लागि खाने बस्नेको व्यवस्था रहेको छ। भलिबल खेलाडीले आफ्नो साथमा नागरिता वा जन्म दर्ताको को प्रमाणपत्र हुनुपर्ने र इन्टर फ्रि ४०००रहेको कुरा मानन्धरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्