प्रधानमन्त्री ओली सर्वोच्चमा पुगे, सुरक्षा व्यवस्था कडा



काठमाडौं । अपहेलना मुद्दामा लिखित जवाफ लिएर प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुगेका छन् ।

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर आज बिहान पौने १२ बजेतिर उनी सर्वोच्च अदालत पुगेका हुन् ।

प्रधानमन्त्री ओली आएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पत्रकार अदालतभित्र जान दिइएको छैन ।

गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरुलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्