प्रचण्ड-माधव समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दै



काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल समूहले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ ।

संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउन गर्न लागेको हो । मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि प्रचण्ड माधव समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ ।

मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि आकासेपुलदेखि भद्रकादीसम्म खटाइने छ । भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु रहेन छन् ।

प्रतिक्रिया दिनुहोस्