ओली समूहबाट पूर्वमाओवादी बाहिरिने तयारी, गृहमन्त्री बादलको नेतृत्वमा बैठक जारी



ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वसहमति अनुसार नचलेपछि उनीनिकट पूर्वमाओवादी नेताहरु असन्तुष्ट बनेका छन् । ओलीले आफूहरुलाई पेलेर जाने मनस्थिति बनाएपछि पूर्वमाओवादी नेताहरुले विकल्प खोज्न थालेको स्रोत बताउँछ ।

पूर्वमाओवादीबाट रामबहादुर थापा र टोपबहादुर रायमाझीसहित, लेखराज भट्ट, मणि थापा, दावा तामाङ र गौरीशंकर चौधरी ओली समूहमा लागेर मन्त्री बनेका छन् । पार्टी विभाजनको बेलामा प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापालाई सहअध्यक्ष बनाउने र गृहमन्त्री कायम राख्ने वचन दिएका थिए । ओली पूर्वसहमति अनुसार नचलेपछि पूर्वमाओवादी नेताहरु असन्तुष्ट बनेका हुन् ।

पूर्वसहमति अनुसार पाएको जिम्मेवारी समेत खोसिने अवस्था आएपछि पूर्वमाओवादी नेताहरु आन्तरिक परामर्शमा जुटेका छन् । प्रधानमन्त्री ओलीसँग दुरी बढ्दै गएको बेला उनले उर्जामन्त्री टोपबहादुर रायमाझीलाई भेटेका छन् । उनले आफूलाई साथ दिन रायमाझीसँग आग्रह गरेको उनी निकट एक नेताले जानकारी दिए ।

गृहमन्त्री थापाले पूर्वमाओवादी नेताहरु एक भएर जानुपर्नेमा जोड दिएका थिए । भेटमा उनले रायमाझीलाई ओली पक्षमा लाग्ने कि पूर्वमाओवादी एक भएर जने विषयमा छिटो निर्णय लिन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्