भागरथी हत्याका आरोपित प्रहरीद्धारा सार्वजनिक



काठमाडौं । १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका-७ की भट्टको हत्यामा संलग्न रहेको अभियोगमा सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने दिनेश पक्राउ परेका हुन् । भागरथी पनि सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

पत्रकार सम्मेलनमा सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम राज सुवेदीले प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साविती बयान लगायतका आधारमा दिनेशलाई पक्राउ गरिएको बताए । १६ वर्षीय भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्