पेट्रोलियमको मुल्य वृद्धिविरुद्ध माइतीघरमा थाल ठटाएर प्रदर्शन



काठमाडौं । पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा जनता समाज पार्टी (जसपा) निकट विद्यार्थीहरुले माइतीघर मण्डलामा बुधबार थाल ठटाएर प्रदर्शन गरेका छन् ।

थाल र चम्चा बजाउँदे विद्यार्थीहरुले प्रतिगामी सरकार मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

समाजवादी विद्यार्थी युनियनको आयोजनामा भएको विरोध प्रदर्शनमा उनीहरुले सडकमा ग्यास सिलिन्डर राखेर सरकारको विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्