नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन सुरु



काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । ‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने नारासहित सुरु भएको महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गरे ।

राष्ट्रिय सभागृहमा भइरहेको महाधिवेशनको बन्दसत्रमा महासचिव रमेश विष्टले सांगठनिक र कोषध्यक्ष राजेश मिश्रले आर्थिक प्रतिवेदन पेश गर्ने छन् ।

महाधिवेशन भएको एक महिनाभित्र नयाँ नेतृत्वका लागि निर्वाचन गरिसक्न पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्