अन्ततः पत्ता लाग्यो भागरथीको हत्यारा, उनकै विद्यालयमा पढ्ने छात्रले गरेका रहेछन् बलात्कारपछि हत्या



केहीसमयता सामाजिक सञ्जालमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ बर्षीया भागरथी भट्टको बलात्कारको घटनाले तहल्का नै मच्चाइरहेको छ । माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् ।

माघ २१ साँझसम्म पनि घर नफर्केपछि उनको खोजी सुरु गरिएको थियो । परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।

भागरथीको शव भेट्टीएदेखि नै परिवार र प्रहरी उनको अपराधीको खोजीमा खटिरहेका थिए । अन्ततः भागरथीको बलात्कार हत्या गर्ने व्यक्ति पत्ता लागेको छ । भागरथी भट्टको बलात्कार र हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् र आज ती युवकलाई सार्वजनिक गर्ने तयारी प्रहरीले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्