धनकुमारी थापा परिवारद्धारा बालउद्धार माविमा एकलाख पाँचहजारको अक्षयकोष स्थापना



काठमाडौं । बूढानीलकण्ठ १० निवासी धनकुमारी थापाले परिवारका सदस्यहरुको समन्वयमा श्रीपञ्चमीको अवसरमा स्वर्गीय पति पदमबहादुर थापाको स्मृतिमा एक लाख पाँचहजार रुपैयाँको अक्षयकोष स्थापनार्थ बालउद्धार माध्यमिक विद्यालयलाई चेक हस्तान्तरण गरेकी छन् ।

थापाको निजी निवास कपनमा परिवारका सदस्यहरुको सहभागीतामा बालउद्धार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरे र प्रधानाध्यापक बिनोद पण्डितले विधालयको नाममा काटिएको चेक बुझेका थिए ।

कार्यक्रममा छोटो भनाइ राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले थापा परिवारले विद्यालयको शैक्षिक सुधारमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै अक्षयकोषको वार्षिक व्याजबाट प्राप्त रकमले परिवारका सदस्यहरुको उपस्तिथिमा प्रत्येक वर्ष बालउद्धार विधालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने बताए ।

हस्तान्तरण कार्यक्रममा थापाका कान्छा ज्वाई तथा जोसेफ माध्यमिक विद्यालयका प्राचार्य समेत रहेका सूर्यबहादुर अधिकारीले अक्षयकोष स्थापनार्थ हस्तान्तरण गरिएको रकम प्रत्येक वर्ष वृद्धि गरिदै लगिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

सोही कार्यक्रमको अवसरमा प्राचार्य अधिकारीले बालउद्दार स्कूलका ६ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्