प्रतिनिधि सभा विघटन मुद्दामा आजदेखि एमिकस क्युरीको बहस सुरु



काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन मुद्दामा आजदेखि एमिकस क्युरीको बहस सुरु भएको छ ।

संसद विघटनविरुद्ध परेका रिटमा पक्ष विपक्षका वकिलहरुको बहस सकिएपछि आजदेखि एमिकस क्युरीको बहस सुरु भएको हो ।

मंगलबार वरिष्ठ अधिवक्ता बद्री कार्कीले राय दिन सुरु गरेका छन् । एमिकस क्युरीको काम मुद्दाको फैसला गर्न इजलासमा सहयोग गर्ने हो ।

सरकारले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् ।

प्रतिक्रिया दिनुहोस्