सरकारको असंवैधानिक कदमको विरोध गर्न सडकमा आएका हौं : डा. कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपा भित्रको एउटा गुटको भूमिका निर्वाह गर्दा मुलुक संकटमा फसेको आरोप लगाए । देशलाई संकटबाट जोगाउन न्यायकामूर्तिहरु कसैको प्रभावमा नपरेर विवेक पूर्ण निर्णय गर्ने उनको विश्वास छ ।

सरकारको असंवैधानिक कदमको विरोधमा नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता कोइरालाले संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरुलाई अफूहरुले कुनै दबाब वा आग्रह नगरेको स्पष्ट पारे ।

संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायमूर्तिहरुले आफ्नो विवेक नगुमाई निर्णय गर्नुहुन्छ भन्नेमा हामी विस्वस्त छौं, उनले भने, न्यायलयलाई प्रभावमा पार्न नभई सरकारको असंवैधानिक कदमको मात्रै विरोध गर्न सडकमा आएका हौं ।

प्रतिक्रिया दिनुहोस्