संसद भवनभित्रै युवतीमाथि बलात्कार : प्रधानमन्त्रीले माफी मागे



एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियाली संसद भवनमा काम गर्ने एक युवतीसँग माफी मागेका छन् ।

यी महिलाले एक नाम नखुलाइएका व्यक्तिमाथि संसद भवनमा आफूमाथि बलात्कार गरिएको भनी आरोप लगाएकी छिन् । प्रधानमन्त्रीले यो मामिलामा अनुसन्धानको आदेश पनि दिएका छन् ।

२६ वर्षीया युवतीले मार्च २०१९ मा रक्षामन्त्री लिन्डा रेनोल्ड्सको कार्यालयमा उनको बलात्कार भएको र दोषी मोरिसनको सत्ताधारी लिबरल पार्टीका लगाएकी छिन् ।

स्थानीय मिडियासँगको कुराकानीमा युवतीले भनिन्, मैले अप्रिल २०१९ मा प्रहरीसँग यसबारे कुरा गरेकी थिएँ तर त्यतिबेला आफ्नो जागिरको चिन्ता गर्दै सबैभन्दा पहिला कार्यालयमा नै यसबारे ऊजुरी दिन्छु भनेर निर्णय लिएँ । मलाई मेरो जागिर जाने हो कि भन्ने चिच्ता थियो ।

स्थानीय प्रहरीले युवतीको यो दाबी पुष्टि गरेका छन् र उनले त्यतिबेला ऊजुरी दर्ता नगरेर कार्यालयमा नै आधिकारिक रुपमा यसबारे ऊजुरी गर्ने निर्णय लिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्