अलोकतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्छ : प्रचण्ड



चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू शान्तिपूर्ण राजनीतिमै रहने र अतिवादमा नजाने बताएका छन् ।

चितवनको भरतपुरमा बन्दै गरेको सिटी हलको स्थलगत अनुमगनपछि आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले सो धारणा राखेका हुन् ।

असंवैधानिक र अलोकतान्त्रिक ढंगले चुनाव गराए देश अराजकताको भूमरीमा फस्ने र अतिवाद फैलिने उनले जिकीर गरे । उनले भने, प्रचण्ड त्यसमा जाँदिन, म शान्तिपूर्ण राजनीतिमा रहन्छु अतिवादमा जान्नँ ।

संविधान भत्काएर हुने चुनाव अलोकतान्त्रिक, असंवैधानिक हुने भएकाले त्यसले विभिन्न खालका अतिवाद ल्याउनेको उनको दावी छ । चुनाव भए सहभागी हुनुहुन्छ कि हँदैन भन्ने प्रश्नमा ठोस जवाफ दिएनन् । संसद पुनः स्थापना हुनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्