प्रधानमन्त्रीका वकिलले विष्णुको अवतारका रुपमा ओलीलाई प्रस्तुत गरे :वरिष्ठ अधिवक्ता प्रधान



गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा बिघटन भएसगै हाल न्यायलयमा विचाराधिन मुद्धामा बहस गर्दै वरिष्ठ अधिवक्ता मुक्ती प्रधानले न्यायाधीसलाई बहस सुन्ने धैर्यता राख्न आग्रह गरेका छन ।

बहसका क्रममा प्रधानलाई नदोहोर्याउन र विषयबाहिर नजान न्यायाधीस सपना प्रधानले भनेपछि उनले बहस सुन्ने धैर्यता राखिदिनुस भन्दै आग्रह गरेका हुन् । जवाफमा न्यायाधीश प्रधानले हामीले धैर्यता राखेका छैनौं त भन्दै प्रश्न गरेकी थिइन् । । त्यसपछि अधिवक्ता प्रधानले श्रीमानहरुको धैर्यतालाई सम्मान गर्छू , मेरो कुरा सुनिदिनुस भन्दै बहस अगाडि बढाएका थिए ।

आज बहसकै क्रममा पुर्वमहान्यायाधिसवक्ता समेत रहेका प्रधानले संसद पुनस्र्थापनाको निर्णय भयो भने सरकारले संसद नबोलाउने भयो भने सरकारले संसद नबोलाउने भन्ने हुनै नसक्ने बताए ।

उनले भने विपक्ष वकिलले संसद पुनस्र्थापना भएपछि प्रधाममन्त्रीले संसद बोलाउनुभएन भने के हुन्छ भन्नुभएको छ । अदालतको फैसल्ला मान्दिन भन्ने कुनै सरकार हुनसक्छ र ? यस्तै प्रधानले सामान्य व्यक्तीले निषेधबाहेकको काम गर्न पाईने भए पनि संवैधानिक व्यक्तीले संविधानले तोकेको वाहेक अरु गर्न नपाईने बताए ।

नेपालको संविधानको धाारा ५८ को विशेषाधिकार संघलाई भएकोले प्रधानमन्त्रीको व्यक्तीगत अधिकार नभएको बताए । विपक्षीले जहाँ संसद विघटन भन्ने शब्द उल्लेख छ त्यहि विघटनको अधिकार छ भनेर तर्क गरेको भन्दै खण्डन गरे ।

प्रधानमन्त्रीका वकिलले विष्णुको अवतारका रुपमा ओलीलाई प्रस्तुत गरेको बताए ।
ओलीलाई श्री ३ ठान्नुभएको छ , त्यो होईन । विणुको अवतारका स्पमा प्रस्तुत गर्नुभयो , उहाँ श्री ३ र श्री ५ हाईन प्रधानले भने ।

प्रतिक्रिया दिनुहोस्