प्रचण्ड –माधवले समानान्तर सत्ता सन्चालन गर्न खोजेपछि संसद भंग गरे: ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका प्रचण्ड –माधब लगाएतका केही नेताहरुले समानान्तरण सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा दविघटन गर्नु परेको बताएका छन् ।

पाटीभित्रका केहिनेताहरुको अतिरिक्त बाछिटा संसदमा नपरोस भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको प्रम ओलीले बताएका छन् ।

प्रम ओलीको नेतृत्वमा सरकार गठन भएको तीन बर्ष पुरा भएको दिन सिहदरवारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सुरुदेखि नै अफ्यारो भए पनि एक बर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको प्रम ओलीले बताएका छन् ।

यदि संसद विघटन नगरेको भए एकीकृत पार्टी नहुने कसैसँग बहुमत नहुनुका साथै अस्थिरता आउने प्रमले दावी गरे ।

सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने , संवैधानिक निकायहरुमा नियुक्ती सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएको भन्दै उनले भने “अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भयो ।”

सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएको भन्दै उनले भने, ‘अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भयो ।’

प्रतिक्रिया दिनुहोस्