
भ्यालेनटाइन डे प्रेमिल जोडीहरुको लागि विशेष दिन मानिन्छ । भ्यालेनटाइन मा प्रेमी प्रेमिकाहरु एकअर्कासँग विशेष समय बिताउन चाहन्छन् । एकअर्कालाई उपहार दिन्छन् । हिजोको भ्यालेनटाइन कसैको लागि निकै विशेष रह्यो भने कसैको लागि सम्झन लायक नै भएन ।
अमेरिकाका एक युवकले आफ्नी पूर्व प्रेमिकालाई जबरजस्ती डेटिङ बोलाएका कारण जेल सजाय भोग्नु पपरेको छ । ब्रेकअप भैसकेकी प्रेमिकालाई भ्यालेनटाइन डे का दिन उनले डेटमा बोलाएका थिए । तर पूर्व प्रेमिकाले आउन नमानेपछि उनले प्रेमिकाको अपहरण नै गरे ।
ती व्यक्तिकी प्रेमिका दुई सन्तानकी आमा भैसकेकी छिन् । यसरी अरुकी श्रीमतीलाई अपहरण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । युवतीको घरमा जबरजस्ती घुसेर उनलाई कुटेर कारमा हालेर गग्दै गर्दा बाहिरका मानिसले देखेर तुरुन्त प्रहरीलाई खबर गरेका थिए । प्रहरी सही समयमा पुगेर ती युकवलाई पक्राउ गर्न सफल भयो ।





