सरकार अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोज्दै छ : कांग्रेस



सरकारले सामाजिक सन्जाल व्यवस्थापन निर्दैशिका ल्याउन खोजेपछि कांग्रेसले विरोध जनाउदै अभिव्यक्ती स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाएको छ ।


सोमवार कांग्रेस प्रवत्ता विस्वप्रकाश शर्माले अपिल जारी गर्दै भनेका छन “ सरकारले व्यापक विरोधका बाबजुत सामाजिक सन्जाल व्यवस्थापन निर्दैशिका का नाममा संसदमा विचाराधिन विवादास्पद सूचना प्रविधी विधेयकलाई नयाँ स्वरुपमा ब्युताउन लागेकोमा गम्भिर आपत्ति प्रकट गर्दछ ।”
सामाजिक सन्जाललाई नियमन गर्ने , मर्यादित र स्वच्छ बनाउने विषयमा विमती नभएको र यसका लागी विद्मान कानुनभित्रै आवस्यक प्रावधान रहेको कांग्रेसले स्मरण गराउदै यतिबेला निर्देशिका ल्याउन आवस्यक नभएको वताएको छ ।

संसदनै नरहेकोबेला निर्दैशिका जारी गर्न खोज्नु नै सरकारको नियतमाथी खोट भएको बताउदै यदि आवस्यक परे कांग्रेससंग थप व्यापक परामर्श गर्नुपर्ने कांग्रेसले जीकिर गरेको छ ।


प्रवत्ता शर्मा भन्छन “ काम चलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्नेगरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्नु हुदैन , मिल्दैन , र पाईदैन । ”

अभिव्यक्ती स्वतन्त्रताका पक्षधरहरुलाई समेत कांग्रेसले त्यसको विरुद्धमा उभिन आह्वान गरेको छ भने युवा पुस्तालाई समेत सजगहुन अपलि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्