श्रीमानले ‘लाइक’ गरेका केटीहरुको फोटो प्रिन्ट गरेर श्रीमतीले भ्यालेन्टाइन गिफ्ट दिएपछि…



आज ‘भ्यालेनटाइन डे’ हो । आजको दिन प्रेमिल जोडीहरुको लागि विशेष मानिन्छ । आज प्रेमी प्रेमिकाले एकअर्कालाई विशेष उपहार दिने गरेका छन् । यस्तै यतिबेला एक युवती आफ्नो श्रीमानलाई ‘भ्यालेनटाइन’ मा दिएका अचम्मको गिफ्टका कारण चर्चामा आइरहेकी छिन् ।

एक श्रीमतीले आफ्ना श्रीमानले इन्ष्टाग्राममा लाइक गरेका सबै महिलाहरुको फोटो प्रिन्ट गरेर ‘भ्यालेनटाइन’ को उपहार दिइन् । श्रीमतीले आफूलाई दिएको गिफ्ट देखेर श्रीमान चकित परेका छन् । श्रीमतीले श्रीमानलाई दिएको गिफ्टको भिडियो सामाजिक सञ्जालमा सेयर समेत गरेकी छिन् ।

यी दम्पत्ति अमेरिकाका हुन् । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि दर्शकले अनेक खालको प्रतिक्रिया दिइरहेका छन् । कसैले उनले अचम्मको उपहार दिएकोमा उनको तारिफ गरेका छन् भने कत्तिले श्रीमानको सम्मान नगरेको पनि बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्