फागुन ६ गते प्रचण्ड–नेपाल समूहले टुँडिखेलमा मानव साङ्लो बनाउने



काठमाडौं । नेकपाको प्रचण्ड नेपाल पक्षले थप आन्दोलनको घोषणा गरेको छ । पुुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल पक्ष आन्दोलनमा छ । उसले गत माघ २८ मा काठमाडौंमा प्रदर्शन गरेको थियो ।

काठमाडौं बाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत, र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो । यी कार्यक्रममा पार्टीका नेतृत्वले सम्बोधन गरेको नेकपाको उक्त समूहले जनाएको छ ।

आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै थप आन्दोलनका कार्यक्रम ल्याएको हो ।
यसअघि गरिएका आन्दोलन सफलतापूर्वक समापन भएको पनि नेकपाको उक्त समूहले जनाएको छ ।

फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको उनले बताए ।

फागुन ७ मा सबै वडामा विरोध गर्ने उनले जानकारी दिए । फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरुमा हस्ताक्षर संकलन गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्