भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन



काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेविसंघ केन्द्रीय समितिले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो ।

तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले घटनाका दोषिलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्