काठमाडौँ महानगर कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न : फागुनभित्र सबै टोल कमिटी गठन गरिने



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगर कमिटीको पहिलो पूर्ण बैठक उपप्रधानमन्त्री तथा पार्टी सचिवादय सदस्य इश्वर पोखरेलको उपस्थितिमा सम्पन्न भएको छ ।

नेकपा केन्द्रीय कमिटीद्धारा माघ ९ गते घोषणा भएको महानगर नेतृत्व र माघ १६ गते घोषणा भएको वडा कमिटी गठनपछि महानगर कमिटी र मातहतका वडा कमिटीहरुले गरेको कामको समिक्षा सहित माघ २३ गतेको काठमाडौँमा आयोजित वृहत जनसभा लगायतको विषयमा रिपोर्टिङ र समिक्षा भएको पार्टी केन्द्रीय सदस्य तथा महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले परिवर्तन खबरलाई बताए ।

अध्यक्ष देउलाका अनुसार महानगर कमिटीले फागुन महिनाभित्र सबै वडाहरुको भेला तथा प्रशिक्षण कार्यक्रम राख्ने, पार्टी सदस्यता अध्यावधिक गर्दै प्रत्येक टोलमा टोल प्रारम्भिक कमिटी समेत गठन गर्नेछ ।

मित्रपार्कस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा भएको महानगर कमिटीको पहिलो पूर्ण बैठकमा नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, केन्द्रीय सदस्यहरु निर्मल कुईकेल, कृष्ण राई, केशव स्थापित, विद्या सुन्दर शाक्य लगायत महानगर क्षेत्रभित्र कार्यक्षेत्र रहेका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्