काठमाडौं ४ (१) को अगुवा कार्यकर्ता भेला सम्पन्न



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निर्वाचन क्षेत्र न-४ प्रदेशसभा-१ काठमाडौ अन्तर्गतका काठमाडौ महानगर पालिकाका चार वटा वडाका वडा पार्टी कमिटी (१, ७, ८ र ३०) को सयुक्त भेला सम्पन्न भयो ।

डिल्लिबजारमा अबस्थित इचबन क्याफेमा भएको उक्त भेलाको प्रमुख उद्देश्य भर्खरै गठन भएका वडा कमिटीका सदस्यका बिचमा परिचयात्मक साथै संगठन निर्माण र परिचालनका सन्दर्भमा एकीकृत रुपमा निश्चित योजना बनाउनु थियो ।

३० नं. वडा पार्टी कमिटीका अध्यक्ष कृष्णभक्त खड्गीको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथी पार्टीका केन्द्रिय सदस्य तथा सम्माननिय प्रधानमन्त्रीका बैदेशिक मामिला सल्लाहकार डा.राजन भट्टराई र संचालन ७ नं. वडा पार्टी कमिटीका अध्यक्ष दिपेन्द्र पुडासैनीले गरेका थिए ।

उक्त भेलामा प्रमुख अतिथी डा.भट्टराईले संगठनलाई जनताका हितमा बढी भन्दा बढी कृयाशिल गराई सरकारका सकारात्मक कामहरु लिएर जनताका बिचमा जानुपर्ने कुरालाई जोड दिए । जिल्ला कमिटी सचिवालय सद्स्य तेज ढकाल स सद्स्य सरस्वती कार्कीले समेत्ब सम्बोधन गरेको उक्त भेलालाई स्वागत अशोक कुमार श्रेष्ठ र धन्यवाद ज्ञापन ८ वडा कमिटीका अध्यक्ष कृष्णमान श्रेष्ठले गरेका थिए ।

उक्त भेलाले एकीकृत रुपमा ३ महिने संगठन निर्माण र परिचालन सम्बन्धि कार्यक्रम पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्