बुटवल पुगेर प्रचण्डलाई व्यङ्ग्य गर्दै ओलीले भने : ‘जनसमर्थन कस्तो हुन्छ यहाँ हेर्न आउनुस्’



बुटवलमा आज नेकपा ओली समूहले गरेको जनसभामा देशभरबाट नभइ प्रदेशस्तरको सभामा नै हजारौँको सहभागिता रहेको थियो । उक्त सभामा प्रधानमन्त्री ओलीले ३ दिन अघि काठमाडौँमा भएको प्रचण्ड माधव पक्षको विरोधसभामा प्रचण्डले जनसहभागिता हेर्न यहाँ आउनुस् केपीजी भनि दिएको अभिव्यक्तिको जवाफ दिएका छन् ।

आज भएको सभामा बोल्दै प्रधानमन्त्री ओलीले भने, अस्ति ३ दिनअघि मात्रै देशभरबाट मान्छे जम्मा गरेर अतिकति मान्छे हेर्न यहाँ आउ केपी ओली भनेर केही मान्छेले भनेका थिए । आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको यो बुटवल आयोजित जनसभा हेर्नका लागि आउन म उहाँँहरुलाई आग्रह गर्न चाहन्छु । कसैको नाम नलिई ओलीले भने, आउनुस् हेर्नुहोस् जनसमर्थन कस्तो हुन्छ ।

उनले स्थिरताको पक्षमा जनलहर देखिएको भन्दै आफूले सबैलाई सलाम भन्न चाहेको पनि बताए । आउँदो चुनावको स्वागतका लागि व्यक्त गरेको अभिमतलाई पनि सलाम भन्न चाहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्